नेपाली सेनाका रथी केसी र भारतका प्रधान सेनापति द्विवेदीबीच भेटवार्ता

नेपाली सेनाका रथी केसी र भारतका प्रधान सेनापति द्विवेदीबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका रथी प्रदीप जंग केसी र भारतका प्रधान सेनापति उपेन्द्र द्विवेदीबीच भेटवार्ता भएको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा भएको संयुक्त राष्ट्रसंघमा सैनिक योगदान गर्ने देशहरू (यूएनटीसीसी)को सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो ।

रक्षा सहयोग सुदृढ पार्ने, संयुक्त तालिम पहललाई विस्तार गर्ने र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो ।

यस्तै नियमित रक्षा संवाद र संस्थागत आदानप्रदान जारी राख्ने प्रतिबद्धता उनीहरूले दोहोर्‍याएका छन् ।

यसबाट दुई छिमेकी सेनाबीचको दीगो साझेदारी र साझा मूल्यहरूलाई झल्काएको नेपाली सेनाले जनाएको छ ।

तीन दिवसीय सम्मेलनमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई उच्चस्तरीय विचार–विमर्श र नयाँ चुनौतीहरूलाई कसरी सामना गर्न विषयमा छलफल भएको हो ।

साथै परिस्थितिजन्य सचेतना, रसद व्यवस्थापन र सैनिकहरूको सुरक्षामा स्थानीय नवप्रवर्तन र प्रविधिको भूमिकामाथि छलफल गरिएको थियो।

सम्मेलनमा नेपाल र भारतसहित बुरुण्डी, तन्जानिया, पोल्यान्ड, इथोपिया र युगाण्ड सहभागि थिए ।