सीमामा रोहिंग्या र बंगलादेशी शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंका

सीमामा रोहिंग्या र बंगलादेशी शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंका

जोगबनी नाकामा चेकजाँचमा कडाइ, निगरानी बढाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको पश्चिम बंगालमा हालै भएको विधानसभा निर्वाचन र सत्ता फेरबदलले रोहिंग्या र बंगलादेशी शरणार्थीहरू नेपाल प्रवेश गर्न सक्ने आशंका बढेको छ ।

पश्चिम बंगालमा भाजपा नेतृत्वमा नयाँ सरकार बनेपछि बंगलादेशी शरणार्थी नेपालतर्फ प्रवेश गर्ने आशंकामा नेपालको स्थानयि प्रशासनले जोगबनी नाकामा चेकजाँचमा कडाइ थालेको हो ।

भारतको जोगवनी हुँदै रोहिंग्या र बंगलादेशी शरणार्थीहरू नेपाल प्रवेश गर्न सक्ने भन्दै सीमामा निगरानी बढाइएको छ ।

जिल्ला सुरक्षा समिति मोरङले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडाइ गर्ने निर्णय गरेको हो ।

त्यसअनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्नेछ ।

पश्चिम बंगालको राजधानी कोलकाताबाट जोगबनी रेल आउने दिन शनिबार, मंगलबार र बिहीबार चेकजाँचलाई कडाइ गर्ने नीति मोरङ प्रशासनले लिएको छ ।

प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ पनि गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले जोगवनी–विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमनसहित नयाँ व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ ।

बंगलादेशी शरणार्थीको घुसपैठ रोक्न भारतको पश्चिम बंगाल सरकारले काँकडभिट्टा पानीट्यांकी नाकामा नागरिकता वा ड्राइभिङ लाइसेन्स अनिवार्य गर्दै आएको छ । तर, भारतको बिहार राज्यसँग सिमाना जोडिएको विराटनगर जोगवनी नाकामा सहज रूपमा आवतजावत भइरहेको छ ।