नेपाली भूमिमा जबरजस्ती पिलर गाड्न खोज्ने भारतीय एसएसबीलाई स्थानीयले लखेटे

नेपाली भूमिमा जबरजस्ती पिलर गाड्न खोज्ने भारतीय एसएसबीलाई स्थानीयले लखेटे


इलाम – नेपाल–भारत सीमामा जबरजस्ती पिलर गाड्न खाज्ने भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीलाई स्थानियले रोकेका छन् ।

इलामको सूर्योदय नगरपालिका हिले भञ्ज्याङमा शनिबार राति जबरजस्ती सीमा पिलर गाडेको भन्दै स्थानीयबासीले प्रतिकार गरेपछि एसएसबीको टोली पिलर उखेलेर भारततिर गएका छन् ।

भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जिपिएसले देखाएको भन्दै सीमामा पिलर गाड्न आएका थिए । नेपाली भूमिमा पिलर गाडेको थाहा पाएपछि स्थानीयबासीले प्रतिकार गरेको इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईंले जानकारी दिए । उक्त घटना भएको थाह पाएपछि नेपालका सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको छ ।

भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोली जबरजस्ती नेपाली क्षेत्र प्रवेश गरेको स्थानीयबासी बताउँछन् । भारतीय सशस्त्र सीमा सुरक्षा बलको टोलीलाई सीमामा देखेपछि सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।