नेपाल-भारत सीमा नाका खोल्न माग गर्दै धर्ना


इनरुवा – कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो ।

कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, संस्कृति र राजनीतिक सम्बन्धमा असर पार्ने उद्देश्यले सीमा सिल गरिएको आरोप उक्त समूहको छ ।

सम्वाद समूहका केन्द्रीय संयोजक राजीव झाले गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रूपमा बन्द हँुदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा असर परेको बताउनुभयो । नेपालको २७ नाकामध्ये २५ नाका भारतसँग जोडिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement