काठमाडौं – नेपाल, भारत र चीनको त्रिदेशीय नाका दार्चुलाको ब्यास गाउँपालिका–१ छागरु र तिङ्करका सीमा क्षेत्रमा नेपाल प्रहरी पुर्याइएको छ । व्यास गाउँपालिका–१ छांगरुको सितापुलमा नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी पुर्याइएको हो ।
गतवर्ष गाउँपालिकाले आफ्नै लगानीमा छाङ्गरु र तिङ्कर जाने गोरेटो बाटो निर्माण गरेको थियो । तर भारतले सीमा क्षेत्रमा बनाइरहेको सडकका कारण नेपालतिरको बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । भारतले कालापानी जाने सडक महाकाली किनारै किनार निर्माण गरिरहेको छ । “भारतले बनाइरहेको सडकमा प्रयोग गरिएको विष्फोटक पदार्थका कारण नदी थुनिन गई नेपालतिरको बाटो पूरै बगाएको थियाे ।
प्रहरीले रासन हातहतियारसहित माथि जाने अवस्था नभएपछि यही जेठ १ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो । सितापुलमा सुरक्षाकर्मी पु¥याउन सदरमुकाम खलङ्गाबाट हेलिकप्टरमार्फत नेपाल प्रहरी पठाउने तयारी गरेको थियो । ६ महिना मात्र राज्यको उपस्थिति रहने छांगरु पुग्ने बाटो अवरुद्ध हुँदा पहिलो पटक शुक्रबार नेपाली सेनाको हेलिक्पटरमार्फत सुरक्षाकर्मी सितापुल पु¥याइएको छ ।




प्रतिक्रिया