काठमाण्डु – साफ १७ वर्ष मुनिको च्याम्पियनसिपमा नेपालले बिहीबार साबिक विजेता भारतसँग खेल्दैछ ।
कोलम्बो रेसकोर्स मैदानमा समूह बीको अन्तिम खेलमा भारतले पाकिस्तानलाई हराएसँगै नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो ।
प्रतियोगितामा अपराजित रहेको भारत ९ अङ्कसहित आफ्नो समूहको विजेता बनेको छ । नेपाल भने समूह एको उपविजेता हो । भारतले माल्दिभ्सलाई ६–० र भुटानलाई १–० ले हराएको थियो । नेपालले पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० ले पराजित गर्दा दोस्रो खेलमा साबिक उपविजेता बंगलादेशसँग ४–० ले पराजित भयो ।
अन्तिम खेलमा बङ्गलादेशले श्रीलङ्कालाई ४–० ले हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो । यस्तै बिहीबार नै बङ्गलादेश र पाकिस्तानले पनि एकअर्कासँग खेल्नेछन् ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)को आयोजनामा चलिरहेको प्रतियोगिता शनिवारसम्म चल्नेछ ।




प्रतिक्रिया