नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठकः समस्या समाधान गर्न दुवै देश सकारात्मक


काठमाण्डु – करीब एक वर्षको अन्तरालपछि बसेको नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएको छ ।

बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका थिए ।

परराष्ट्र मन्त्रालयले दुई देशका बीचमा एकदमै सौहार्द्धपूर्ण वातावरणमा छलफल भएको बताएको छ । वार्तापछि विदेश सचिव श्रृंगलाले दुई देशकाबीचमा रहेका समस्या समाधान गर्ने विषयमा छलफल भएको जानकारी दिए ।

‘छलफलको राम्रो शुरुवात भएको छ । दुई देशको बीचमा समस्याहरु समाधान गर्ने विषयमा छलफल भएको छ’, उनले भने, ‘वार्ता एकदमै उपलब्धीमूलक भएको छ । वार्ताका एजेण्डाहरु एकदमै वृहत छन् । आर्थिक सहयकार्यदेखि पूर्वाधार निर्माण लगायतका विषयमा एकदमै उपयोगी छलफल भएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement