काठमाण्डु – नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट हजाराैं लिटर डिजेल चाेरी भएकाे छ । पटनाबाट नेपाल ल्याइएको इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसीएल) काे हजारौं लिटर डिजेल चोरी भएको भएको हाे ।
पटनाबाट सिवान र मोतिहारी हुँदै नेपालको बाराको अमलेखगञ्ज हुँदै आएको पाइपलाइन भारतकाे सिम्बरको टिम्बर नवीनगञ्ज ब्लाकको डुमरा गाउँ नजिकै चोरी भएको हो ।
आईओसीएलका अधिकारीहरूले यसबारे थाहा पाएपछि उनीहरू आश्चर्यमा परेका छन् । चेकिङका क्रममा पुगेका निगमका अधिकारीहरुले तेल चोरी भइरहेको लाइभ देखेपछि आश्चर्यमा परेका हुन् ।
बिहारमा यो पहिलो घटना हो । अधिकारीहरूले जिल्ला प्रशासनलाई यसबारे जानकारी गराएका छन् । यसको साथसाथै स्थानीय पुलिस स्टेशनमा पनि रिपोर्ट गरिएको छ । मुख्य पाइपलाइनबाट तेल चोरी गर्दा चोरहरूले सरकारको करोडौं रूपैयाँ लुट्ने आशंका गरिएको छ ।
पटनाबाट मोतिहारी जाँदै गरेको यो पाइपलाइनमा चोरीको घटनाले आईओसीएलभित्र हंगामा मच्चाएको छ । वास्तवमा पाइपलाइन माथिको क्षेत्रमा डिजेल देखिएको भए पाइपलाइनको सुरक्षामा खटाइएको कर्मचारीले खेतमाथि डिजेल बगेकाे देखेपछि अधिकारीलाई उक्त चुहावटबारे जानकारी गराएका थिए । अनुसन्धानपछि मुख्य पाइपलाइनबाटै तेल चोरिएको प्रमाण फेला परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
चोरहरूले मुख्य पाइपलाइनमा छुट्टै पाइप घुसाएका छन् । त्यसैको सहयोगमा दिनहुँ हजारौं लिटर डिजेल चोरी हुँदै आइरहेको थियो । यस पाइपलाइनमा एउटा छुट्टै पाइप थपिएको थियो, जुन करिब चार फिट तल जमिनबाट भुइँमा लुकेको थियो । यति मात्र होइन, जडान गरिएको पाइपबाट पेट्रोलियम पदार्थको चुहावट नहोस् भनेर चोरहरूले विशेष व्यवस्था गरेका थिए । सानो पाइपमा धेरै लकहरू राखिएको थियो ।
दक्षिण एसियाकै पहिलो क्रसबोर्डर पेट्रोलियम पाइपलाइन रहेको उक्त परियोजना गतवर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । हाल यस पाइपलाइनबाट डिजेल आपूर्ति भइरहेको छ ।




प्रतिक्रिया