भारतले आजदेखि गर्यो नेपालका चार नाका बाहेक सबै नाका बन्द

भारतले आजदेखि गर्यो नेपालका चार नाका बाहेक सबै नाका बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आज (आइतबार) देखि नेपाल भारतका प्रमुुख चार नाका मात्रै खुला रहने भएका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै भारतले नेपालसँगका प्रमुख ४ बाहेकका सबै नाका बन्द गरेको हो ।

आजदेखि भारतले वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, कञ्चनपुरको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा बाहेकका सबै नाका बन्द गरेको हो ।