यू–१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य

यू–१६ इस्ट जोन कप : नेपालले इन्डोनेसियालाई दियो ४२१ रनको लक्ष्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२१ रनको विशाल लक्ष्य दिएको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदे ४२० रन जोड्यो ।

नेपालका लागि प्रशिद्ध जैशीले शतक हाने भने परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक बनाए ।

जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए । यस्तै सुगम बुढाथोकीले ३४ बलमा ३९ रन जोडे ।

इन्डोनेसियाका लागि केटुक डर्माले २, रिहान रिजा, महेन्द्र अजि र केभिन निरजले समान १-१ विकेट लिए । नेपालले यसअघि सिंगापुरलाई ५ विकेट र जापानलाई ९ विकेटले पराजित गरेको थियो ।