काठमाण्डु – जनस्वास्थ्य विदहरुको पेसागत छाता सङ्गठन नेपाल जनस्वास्थ्य संघ (नेफा) ले कोरोना नियन्त्रण गर्न सरकारलाई १२ बुँदे सुझाव दिएको छ । पछिल्लो समय नेपालमा सङ्क्रमितको संख्या बढ्दै गएको र मृत्युदर पनि बढेकाले कोरोना नियन्त्रणकालागि सरकारलाई सुझाएको हो ।
सुझावहरु :
१) जनस्वास्थ्य संकटकाल घोषणा गर्ने ।
२) स्वास्थ्य कार्यालय र स्थानीय तहको स्वास्थ्य शाखाको दरबन्दी सुदृढ गर्ने ।
३) लुम्बिनी प्रदेश झैँ प्रत्येक प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालयको स्थापना गर्ने ।
४) संक्रमित स्वास्थ्यकर्मीको उपचारका लागि छुट्टै कोभिड अस्पतालको व्यवस्था गर्ने ।
५) नियमित स्वास्थ्य सेवालाई असर नपर्नेगरी छुट्टै कोभिड–१९ डेडीकेटेड अस्पतालको व्यवस्था गर्ने ।
६) स्थानीय तहमा मापदण्ड अनुसारको आइसोलेशन केन्द्र व्यवस्था गर्ने ।
७) आपतकालीन अवस्थामा स्वास्थ्य सामग्री खरिदका लागि कुनै द्रुत प्रक्रिया अपनाउने ।
८) प्रभावकारी कन्ट्याक्ट ट्रेसिंग र सम्पर्कमा आएका व्यक्तिहरुको निःशुल्क एन्टीजेन÷आर टि पी सी आर परिक्षण गर्ने व्यवस्था मिलाउने ।
९) स्वास्थ्य बाहेकका क्षेत्रमा समेत रहेका अतिआवश्यक श्रोत साधन पहिचान गरि परिचालन गर्ने ।
१०) समुदायस्तरमा महिला स्वास्थ्य स्वयंसेविका समेतको सहभागितामा बहुसरोकारवाला संयन्त्र बनाई समुदायमा आधारित रोकथाम तथा नियन्त्रणको रणनीति लागु गर्ने ।
११) खोपको आपूर्ति गरि कम्तिमा ७५ देखि ८० प्रतिशत जनतालाई तुरन्त खोपको पहुँचमा पुर्याउने ।
१२) भारतीय सीमाबाट प्रवेश गर्ने नागरिकहरुका लागि अनिवार्य एन्टीजेन-आर टि पी सी आर परिक्षण गर्ने र सिमामा संक्रमितहरुका लागि संस्थागत आईसोलेशन र स्थानीय तहमा अनिवार्य क्वारेन्टिनको व्यवस्था गर्ने ।




प्रतिक्रिया