नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर, जापानको शक्तिशाली

नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर, जापानको शक्तिशाली


काठमाण्डु – नेपालको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ । अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए)को तथ्यांकअनुसार सन् २०२२ का लागि सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको छानिएको हो ।

बेलायतस्थित विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्वनी हेन्ली एण्ड पार्टनर्सले पासपोर्टको सूची सार्वजनिक गरेको हो । सूचीअनुसार नेपालको पासपोर्ट उत्तर कोरियाको पासपोर्टभन्दा पनि कमजोर देखिएको छ ।

नेपालको पासपोर्टबाट ३७ देशमा मात्रै यात्रा गर्दा अनअराइभल भिसा उपलब्ध हुन्छ भने उत्तर कोरियाको पासपोर्टबाट विश्वका ३९ देशमा अगाडि नै भिसा नलगाई यात्रा गर्न सकिन्छ । प्यालेस्टाइन टेरिटोरिज पनि नेपाल संगै सातौ स्थानमा छन् । सबैभन्दा कमजोर पासपोर्ट भने अफगानिस्तानको छ ।

अफगानिस्तानको पासपोर्टबाट २६ ओटा मुलुकमा अनअराइभल भिसा वा भिसा फ्री व्यवस्था छ । सबैभन्दा शक्तिशाली पासपोर्ट जापान र सिंगापुरका छन् । यी दुई मुलुकको पासपोर्टबाट विश्वका १९२ मुलुकको यात्रा अगाडि भिसा लगाइरहनु पर्दैन । सन् २००६ देखि हेन्ली एण्ड पार्टनर्स कम्पनीले निरन्तर विश्वका शक्तिशाली पासपोर्टको सूची सार्वजनिक गर्दै आएको छ ।