काठमाडौं – नेपाल एयरलाइन्सले बिहीबार आजदेखी जापान उडान पुन: सुरू गरेको छ। एयरबसको ए३३० वाइड बडी जहाजबाट बिहीबार विहान साढे २ बजे १ सय ३४ जना यात्रुसहित ओशाका उडान गरेको हो।
पहिलो उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढाको नेतृत्वमा नेपाली पर्यटन व्यवसायी, सांसद, नेपाल एयरलाइन्सका कर्मचारीसहित कूल १ सय ३४ जना यात्रु बोकेर एयरलाइन्सको वाइड बडी जापान गएको एयरलाइन्सका सहायक प्रवक्ता सुलेख मिश्रले जानकारी दिए।
एयरलाइन्सले लामो गन्तव्यमा उडाने भन्दै ल्याएको वाइड बडीले गन्तव्य नपाउंदा छोटो दूरीमै आधा क्षमतामा उडिरहेका थिए। जापान, कोरिया, साउदी अरबमा उडान गर्ने व्यापारिक योजाअनुसार जहाज ल्याइएको भए पनि कोरियाले उडान अनमुति दिन अस्वीकार गरिदिएको छ भने साउदी अरबमा पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
पछिल्लो समय एयरलाइन्सले जापानसंगै चीनमा पनि प्रक्रियाअघि बढाएको थियो। नेपाल एयरलाइन्सले १३ वर्षदेखिको उडान सन् २००७ मा जापान उडान बन्द गरेको थियो। चीनको सांघाइबाट ओसाकाको कन्साइ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उडान गरेको एयरलाइन्सले जहाज अभावमा बन्द गरेको थियो। त्यसपछि जापानसँग प्रत्यक्ष हवाइ सम्पर्क नहुँदा भाडा महंगोमात्र होइन यात्रा पनि झन्झटिलो भएको भन्दै गुनासो आउने गरेको छ।




प्रतिक्रिया