काठमाडौं – जर्मन सरकारले नेपाललाई ३ अर्ब २ करोड रुपैयाँ आर्थिक सहायता गर्ने भएको छ ।
अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी भएको सचिव खनालले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नेपालका लागि जर्मनका राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताए । जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।




प्रतिक्रिया