नेपाल-खनाल विवाद चर्केपछि नेकपा एसले बोलायो बैठक

नेपाल-खनाल विवाद चर्केपछि नेकपा एसले बोलायो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – नेकपा (एकीकृत समाजवादी)ले एकै साथ स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच विवाद चर्किएपछि पार्टीको बैठक बोलाइएको हो।

महासचिव घनश्याम भुसालका अनुसार पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बोलाइएको छ। भदौ ४ गते स्थायी कमिटि, भदौ ५ गते पोलिटब्युरो र भदौ ८ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको हो ।

स्थायी कमिटि र पोलिटब्यूरो बैठक केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ भने केन्द्रीय कमिटि बैठक मिराकल पार्टी भेनु सुकेधारामा बस्नेछ।

पार्टीभित्र अध्यक्ष नेपाल र सम्मानिक नेता खनालबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान अवस्था सृजना भएको समयमा एकै पटक बैठकहरू बोलाइएको हो ।

अध्यक्ष नेपालसँगको विवाद चर्किएपछि आफूले सचिवालयमा पेस गरेको लिखित प्रस्तावमाथि छलफल गर्नको लागि नेता खनालले पार्टीको बैठक माग गर्दै आएका थिए।

पतञ्जली जग्गा प्रकरणमा पछिल्लो समय अध्यक्ष नेपालमाथि भ्रष्ट्राचार मुद्दा दर्ता भएपछि पार्टी संकटमा छ। मुद्दा दर्ता हुँदा पनि नेपाल पार्टी नेतृत्वमा रहेको भनी प्रश्न उठेपछि विवाद चुलिएको हो ।

यसै विषयलाई लिएर नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ भने सम्मानित नेता खनालसँग पनि अध्यक्ष नेपालको विवाद बढेको हो ।

पार्टी बाहिर र भित्र चर्को दबाबमा रहेका अध्यक्ष नेपाल पछिल्लो समय माओवादीसँग पार्टी एकता गर्ने पक्षमा छन् भने सम्मानित नेता खनाल, महासचिव भुसाल, नेतृ झाँक्रीलगायतका अर्को ठूलो पंक्ति त्यसमा तयार छैन।

यस्तो अवस्थामा बस्न लागेका नेकपा एसको बैठकलाई चासोका साथ हेरिएको छ।