केपी ओली र माधव नेपाल समूहबीच धुम्बाराहीमा वार्ता सुरु

केपी ओली र माधव नेपाल समूहबीच धुम्बाराहीमा वार्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूह र माधव कुमार नेपाल समूहका नेताहरुबीच बैठक सुरु भएको छ ।

एमाले पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन् ।

यता नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन् । ओली र नेपालबीच करिब ४ महिनापछि पहिलोपटक भेट भएको हो ।

प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएपनि नेता नेपालले पार्टी कार्यालयमा भेट गर्न आग्रह गरेका थिए ।