स्पेन – नेपालका विभिन्न परियोजनामा लगानी बढाउन स्पेनी व्यवसायीले चासो देखाएका छन । नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्न स्पेनी व्यवसायीहरु उत्साहित भएका हुन । गत चैत दोस्रो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सहभागी व्यवसायीले जलविद्युत, पूर्वाधार विकास सहित नेपालको कफी यूरोपेली बजारमा भित्र्¥याउन चासो लिएका हुन् ।
लगानी सम्मेलनले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै म्याड्रिडस्थित नेपाली दुतावासका कार्यवहाक राजदूत हरिहरकान्त पौडेलले भन्नुभयो–‘सरकारले लगानी सुरक्षा, लगानीमैत्री कानुनको ब्यवस्था तथा प्रतिफल फिर्ता लानसक्ने व्यवस्था गरेपछि यहाँका केही व्यवसायी नेपालप्रति सकारात्मक बनेका छन् ।’
यूरोपेली मुलुकमा ऋण प्रकृया सहज रहेको र वित्तिय संस्थाले न्यून व्याजमा ऋण उपलब्ध गराउने भएकाले यहाँका व्यवसायीले नेपाललाई लगानीको नयाँ गन्तव्य बनाउन चाहेको उहाँको भनाई छ । नेपालको कफीबारे चासो लिएका व्यवसायीले बार्षिक ६० टन हाराहारीको ‘अग्र्यानिक अरबिका कफी’ यूरोपेली बजारमा पु¥याउने प्रस्ताव गरेका पौडेलले जानकारी दिनुभयो ।
‘गत साता मात्रै कफी व्यवसायीहरुसँग भेटवार्तामा भएको थियो, उहाँहरुको चासोबारे राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई अवगत गराइएको छ, दुवैतर्फका व्यवसायी वीच सम्पर्क भएको छ’–उहाँले भन्नुभयो ।
लगानी सम्मेलनमा नयाँ दिल्लीस्थित बाणिज्य काउन्सिलरको नेतृत्वमा स्पेनी टोली सहभागी थियो । सम्मेलनमा ६ जना स्पेनी व्यवसायी सहभागी थिए । ६ जना मध्ये केही व्यवसायी दूतावाससंग नियमित सम्पर्कमा रहेको जानकारी दिदै कार्यबहाक राजदूत पौडेलले भन्नुभयो–‘नारोपा कम्पनी र अन्य कम्पनीका प्रतिनिधि पनि हाम्रो सम्पर्कमा छन् ।’ नारोपा घरजग्गा, कृषि र प्रविधि जस्ता क्षेत्रका लागि आवश्यक ऋण सहजीकरण गर्ने कम्पनी हो । यो खबर आजको समाचारपत्रमा छ ।




प्रतिक्रिया