काठमाण्डु – एएफसी एसियन छनोट अन्तर्गत तेस्रो चरणको अन्तिम खेलमा नेपालले मंगलबार लाओससँग प्रतिस्पर्धा गर्दैछ।
खेल लोओसमा रहेको न्यु लाओस नेशनल स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ६ बजेबाट सुरु हुनेछ।
प्रतियोगिताको समूह ‘एफ’ मा रहेका दुवै टोली एएफसी एसिया कपको दौडबाट बाहिरिसकेका छन्। दुवै टोलीले समान पाँच खेल खेल्दा तीन अंक जोडेका छन्।
नेपाल र लाओसबीच हालसम्म ६ खेल भएको छ जहाँ लाओसले १ खेल आफ्नो पक्षमा पार्दा एक खेल बराबरीमा सकिएको छ। नेपाल आज जितको लक्ष्य सहित मैदान उत्रिनेछ।




प्रतिक्रिया