चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तान खेल्दै

चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल : नेपाल र लेबनान तथा म्यानमार र किर्गिस्तान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- चारदेशीय अन्तर्राष्ट्रिय महिला फुटबलमा बिहीबार दुई खेल हुँदैछ । पहिलो खेल म्यानमार र किर्गिस्तानबीच हुनेछ भने दोस्रो खेल नेपाल र लेबनान तथा खेल्दैछन् ।

पहिलो खेल दिउँसो २ बजे म्यानमार र किर्गिस्तानबीच तथा दोस्रो खेल नेपाल र लेबनानबीच बेलुका ६ बजे शुरू हुनेछ । प्रतियोगिता अन्तर्गतका खेल दशरथ रङ्गशालामा हुँदै आएका छन् ।

म्यानमार र नेपालले सोमवार भएको आफ्नो पहिलो खेल जितेका थिए । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई एक गोलले हराएको थियो । म्यानमारले लेबनानलाई ३–१ गोलले पराजित गरेको थियो ।

त्यसैले बिहीबारको खेलमा नेपाल र म्यानमार दुवै विजयी भएमा अन्तिम खेल खेल्नुअघि नै फाइनलमा पुग्नेछन् । फाइनल खेल यही फागुन १४ गते हुनेछ ।