काठमाण्डु– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितहरूले पाउने नयाँ बोनसदर सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८०–८१ को बीमाङ्कीय प्रतिवेदनका आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले जारी गरेको विभिन्न बीमा योजनामा न्यूनतम प्रतिहजार ५५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस दर निर्धारण गरेको छ ।
सावधिक जीवन बीमालेख योजनाका अन्तर्गत, बीमितहरूले बीमा अवधिको आधारमा प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउनेछन्।
बीमितले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८२ रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ। सावधिक जीवन बीमालेख अन्तर्गतको सुनौलो भविष्य जीवन बीमा ”योजना (विकल्प १ र विकल्प २)” मा बीमितहरूले बीमा अवधिअनुसार न्यूनतम ६० रुपियाँ र अधिकतम ६५ रुपैयाँसम्म बोनस पाउने छन् ।
सर्वाधिक जीवन बीमालेख ० देखि १० वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ, ११ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ६० रुपैयाँ, २१ देखि २५ वर्ष अवधिको ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
हेर्नुहोस् सूचना





प्रतिक्रिया