नेशनल लाईफ इन्स्यारेन्सले बोनस शेयर घटायो, नगदमा लाभांसमा वृद्धि 

नेशनल लाईफ इन्स्यारेन्सले बोनस शेयर घटायो, नगदमा लाभांसमा वृद्धि 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नेशनल लाईफ इन्स्यारेन्सले  १४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेशनल लाईफको संचालक समितिको भदौ १८ मा बसेको वैठकले अघिल्लो आर्थिक वर्ष २०७४ \०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।  

 

सञ्चालक समिति बैठकले १२ प्रतिशत नगद र २.५० प्रतिशत बोनस शेयर गरि कूल १४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले अघिल्लो वर्ष १३.५० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । संचालक समितिले यसपटक बोनश घटाएर नगद लाभांश बढाएको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउने नेशनल लाईफ इन्स्यारेन्सले  जनाएको छ ।