कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल लाइफको १ करोड सहयोग


काठमाडौं –नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काेरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड-१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १ करोड सहयोग गर्ने जनाएको हाे ।

नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध प्रकारको सहयोग गर्दै आइरहेको जानकारी गराएको छ ।

यस महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement