नेपाल लाइफको एमडीआरटी कार्यक्रम सम्पन्न

नेपाल लाइफको एमडीआरटी कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । शुक्रबार राजधानीको हायात होलटमा आयोजित एक भब्य समारोहकाबीच उक्त सम्मान गरेको हो ।

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलिवन डलर राउण्ड टेबल २०२१ मा सहभागी हुन योग्य भएका आप्mना अभिकर्ताहरुलाई सम्मान गरेको हो । कम्पनीले खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो । कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी २० जना कोर्ट अफ द टेबल र ९ जना टप अफ द टेबल गरि २६७ जना अभिकर्ताहरु मिलिवन डलर राउण्ड टेबलमा सहभागी हुन योग्य भएका छन् ।

कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । उप प्रमुख कार्यकारी अधिकृत चौधरीले मिलिवन डलर राउण्ड टेबल जस्ता अन्तराष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तराष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।

त्यसैगरी कम्पनीका उप महाप्रबन्धक उमापति पोखरेलले मिलिवन डलर राउण्ड टेबल २०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जानुहोस् भनी शुभकामना व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे ।

समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए । कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ताहरुको निरन्तर साथ र सहयोगको अपेक्षा राख्दै धन्यवाद व्यक्त गरे साथै अझै उत्साहका साथ अगाडि बढि कम्पनीले नयाँ उचाई हासिल गर्ने विश्वास व्यक्त गरे ।

पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बताए ।

नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउनेमा विश्वास व्यक्त गरे । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जिउनका लागि मात्र होइन, जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राखे ।

कार्यक्रमलाई सुनिता पोखरेलले उत्कृष्ट ढंगले संचालन गरेका थिए । कम्युनिकेसन तथा ब्राण्डीङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले कार्यक्रम सफल बनाउनका लागि गरेको रचनात्मक कार्यको सहभागीहरुले उच्च प्रसंशा गरेका थिए ।