नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ल्यूब आयल लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । हाल विध्यमान कोभिड १९ महामारीको बावजुद पनि कम्पनीले उल्लेखनीय वृद्ध गर्नुको साथै उच्च लाभांश पारित गरेको छ ।

कम्पनीद्धारा यस साधारण सभा मार्फत शेयर धनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको शेयरधनीहरुले खुल्ला प्रशंसा गरेका छन् । बैठकलाई सम्बोधन गर्दै ल्यूब आयलका अध्यक्ष अरुण कुमार चौधरीले कोरोना महामारीका बाबजुद पनि उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको बताए ।

चौधरीले भन्ने, ‘नेपाल ल्यूब आयल लिमिटेड, चलिरहेको महामारीले अगाडि राखेका चुनौतीहरुको बावजुद उत्कृष्ट बृद्धि हासिल गर्न सक्षम भएको छ । चालू आर्थिक बर्षको लागी, हामीले गत वर्ष भन्दा विक्री वितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौं । यस्तै बजारमा लुब्रीकेन्ट सहित ब्याट्री र सोही प्रकिृतिको सामान रिटेलरहरु मार्फत कारोवार हुने वस्तु टायरको समेत कारोवार गर्ने लक्ष्य लिएका छौ, जस अन्र्तगत ब्याट्री को विक्री वितरण सुरु भैसकेको छ । कम्पनीले आफ्ना उत्पादित र विक्रिवितरण गरिने वस्तूहरुको गुणस्तर र मानव संशाधन विकासको लागी आफ्नो प्रतिबद्धतालाई सदैव मूख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहनेछ ।’

सभामा अध्यक्ष तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री/वितरण समेत गर्दछ ।

गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्यानचेष्टर यूनाईटेड फूटबल क्लब, म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर सिङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम संग रहेको छ ।

त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ ।