नेपालले मलेसियालाई दियो ३२७ रनको लक्ष्य – KathmanduPati
खेलकुद

नेपालले मलेसियालाई दियो ३२७ रनको लक्ष्य

काठमाडौं – मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले सिंगापुरलाई ३२७ रनको लक्ष्य दिएको छ ।

dish home

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन जोड्यो ।

ऋत गौतम र पवन शरार्फले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहोराले गौतमसँग १३१ रनको महत्वपूर्ण साझेदारी गरे । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी १ र कप्तान रोहितकुमार पोडेल मात्र ७ रनमा आउट भए । तर कुशल मल्लले आक्रामश पारी खेल्दै अर्धशतक बनाए ।

पाँचौं विकेटका लागि गौतम र मल्लले अविजित ८२ रनको साझेदारी गरे । ऋत गौतम ११५ र कुशल मल्ल ५१ रनमा अविजित रहे ।

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top