नेपाल र मौरिससबीच श्रम सम्झौता


काठमाडौं – नेपाल र मौरिससबीच श्रम सम्झौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापनाको शतवार्षिकीका अवसरमा स्वीट्जरल्याण्डको जेनेभामा नेपाल र मौरिससबीच मंगलबार राति सम्झौता भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मौरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिममन्त्री सुदेश एस क्यालीचर्नबीच श्रम सम्झौता भएको हो।

सम्झौता अनुसार नेपाली कामदार बिना शुल्क आकर्षक गन्तव्य मुलुक मौरिसस जान पाउने भएका छन्। नेपाल र मौरिससबीच मंगलबार राति भएको श्रम सम्झौता अनुसार कामदारको छनोट तथा भर्नामा लाग्ने सबै शुल्क रोजगारदाताले नै तिर्ने तय भएको छ। यो खबर अन्नपूर्णपोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement