नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

नेपाल चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले डा. गोविन्द केसीका मागप्रति बेवास्था गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ ।

संघले वार्ता टोली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटम सकिएलगतै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । भोलि २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ ।

पर्सि २३ गते देशभर आकस्मिक र कोभिड–१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ ।