काठमाण्डु – नेपाल चिकित्सक संघले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आईसियू र भेन्टिलेटरको संख्या थप गर्न सरकारसँग माग गरेको छ ।
संघका महासचिव डा. बद्री रिजालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाण्डु उपत्यकासहित देशभरी कोरोना संक्रमित बिरामीहरुको संको उपचारका लागि अस्पतालमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिआरलगायत अध्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतिरहेको कारुणीक दृश्यले स्तब्ध बनाएको बताएका छन् ।
संघले ननकोभिडका बिरामीहरुले उपचार नपाएको अवस्थामा सरकार संवेदनशील हुनुपर्ने बताएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण जरुरी रहेको भन्दै संघले प्रभावकारी कदम चाल्न पनि सरकारसँग माग गरेको छ ।
संघले कोरोना भाइरसको उपचारमा प्रयोग हुने समपूर्ण स्वास्थ्य उपकरणको व्यवस्थापन गर्न पनि सरकारसँग माग गरेको छ ।





प्रतिक्रिया