चिकित्सक संघले भन्योः डा. गोविन्द केसीको जीवन रक्षा गर

चिकित्सक संघले भन्योः डा. गोविन्द केसीको जीवन रक्षा गर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल चिकित्सक संघले प्रा. डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ ।

डा. केसीले जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दीरमा गत भदौ २९ गतेदेखि १९औं सत्याग्रह सुरु गरेका हुन् ।

सरकारले पाँच दिनदेखी अनसनरत डा. केसीका माग पूरा गर्न कुनै चासो नदेखाएको भन्दै संघले जीवन रक्षाको माग गरेको हो ।

‘६० वर्ष पूरा गरिसकेका एक जना चिकित्सकले चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधराणको सहज पहुँचका लागि विभिन्न माग राख्दै पटक-पटक सत्याग्रह गर्नुपरेको र हाल नेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको भनी १९ औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको व्यहोरा सबैमा विदितै छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति नेपाल सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षा गर्न संघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।