नेपाल चिकित्सक संघको निर्वाचन तालिका सार्वजनिक


काठमाडौं– नेपाल चिकित्सक संघले निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघमा हुने संघको निर्वाचनमा उपत्यकाबाहिर २ दिन र उपत्यकाभित्र ५ दिन मतदान हुनेछ ।

उपत्यकाबाहिरका १६ वटा स्थानमा मतदान केन्द्र रहेको छ भने उपत्यकामा संघको कार्यालयमा मतदान केन्द्र तोकिएको संघको निर्वाचन समितिले जनाएको छ । उपत्यकाबाहिर माघ ४ गते शनिबार र ५ गते आइतबार मतदान हुने छ । मतदान बिहान ११ बजेदेखि ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, उपत्यकाभित्र भने माघ १७ गते शुक्रबारदेखि २१ ग्ते मंगलबारसम्म मतदान हुनेछ । उपत्यकाभित्र पनि बिहान ११ देखि दिउसो ४ बजेसम्म मात्र मतदान गर्न सकिनेछ । निर्वाचनका लागि उम्मेद्वारीले मनोनयन दर्ता भने मंसिर २७ र २८ गते गर्न सक्नेछन ्।

निर्वाचन नजिकिएसँगै संघको पदाधिकारीका लागि उम्मेद्वारी घोषणा गर्ने क्रम पनि बढीरहेको समितिले जनाएको छ । संघको अध्यक्षका लागि हालसम्म डा लोचन कार्की र डा पुषपमणि खरालको नाम सार्वजनिक भएको छ ।  महासचिवमा भने प्रजातान्त्रिक समूहका डा बद्री रिजालको नाम बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement