नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँडको मिति तय

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँडको मिति तय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बाँडफाँडको मिति तय भएको छ । कम्पनीको आइपिओ फागुन २३ गते शुक्रबार बाँडफाँड गर्ने छ ।

आइपिओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालयमा बाँडफाँड हुने छ ।

यसअघि आज बिहीबार आइपिओ बाँडफाँड गर्ने भनिएकोमा त्यसलाई परिवर्तन गरी भोलि शुक्रबार गर्ने तय भएको एनआईएमबि एस क्यापिटलले जनाएको छ ।

बलेफी हाइड्रोपावरको शिलबन्दी बोलपत्र खोल्ने समय पनि आजै बिहान ८ बजे परेपछि आइपिओ बाँडफाँडको मिति सरेको हो।

कम्पनीले सर्वसाधारणका लागि गत फागुन ११ देखि १५ गतेसम्म आइपिओ निष्कासन गरेको थियो। उक्त अवधिभर १९ लाख ९ सय ७७ जनाले २ करोड ४४ लाख ८३ हजार २२० कित्ता माग गर्दै आवेदन दिएका छन्।

जसमध्येबाट भाग्यशाली १ लाख ८४ हजार ५०० जनाले १०-१० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी १७ लाख १७ हजार जनाको हात रित्तो हुनेछ।