नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ निष्कासन, कहिले सम्म दिन पाइन्छ आवेदन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल माइक्रो इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आइपिओ खुला गरेको छ। कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीको आइपिओमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा मागअनुसार आवेदन नपरेमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।