नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आइपिओ बिक्रीमा ल्याउने

नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आइपिओ बिक्रीमा ल्याउने


काठमाण्डु– नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। छिटोमा फागुन १५ गतेसम्म आइपिओमा आवेदन दिन सकिने छ भने ठिलोमा फागुन २५ गतेसम्म आवेदन थप हुने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल लिमिटेड रहेको छ।