नेपाल मुजाहिद्दिनको क्रिडास्थल !

नेपाल मुजाहिद्दिनको क्रिडास्थल !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राज्य अमेरिकाले नेपाल भारतको आतंकवादी समूह मुजाहिद्दिनको क्रिडास्थल भएको दाबी गरेको छ। अमेरिकी विदेश मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आतंकवादसम्बन्धी प्रतिवेदनमा मुजाहिद्दिनका लागि पछिल्लो समय नेपाल उर्बरभूमि भएको उल्लेख छ। मुजाहिद्दिन मुस्लिम समुदाय निकट आतंकवादी समूह हो। यसले भारतमा दर्जनौं पटक बम हमला गर्दा सयौं नागरिकको ज्यान गएको प्रतिवेदनमा उल्लेख छ।

मुजाहिद्दिनले पाकिस्तानी आतंकवादी समूह लस्कर ए–तैयबा, जैस–ए–मोहम्मद र हर्कत अल–जिहादसँग पनि द्विपक्षीय सम्बन्ध राख्दै आएको प्रवितदेनमा उल्लेख छ। ‘भारतीय मुजाहिद्दिन (आइएम) को लक्ष्य भनेको भारतीयमाथि कारबाही गर्नु रहेको छ। मुसलमानमाथि भारतमा भएको दमनको बदला लिनु उसको लक्ष्य हो। यसका लागि आइएमले नेपालमा आफ्नो अपरेसनको क्षेत्र विस्तार गरेको छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।