काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले चिनियां राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणपछि विश्वको ध्यान नेपालतिर केन्द्रित भएको बताएका छन् । उनले भ्रमणको सफलतासंगै खतरा पनि बढेको दावी गरे ।
सञ्चार केन्द्र शनिबार राजधानीमा गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दै नेता नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाइराख्नुपर्ने चुनौती थपिएको बताए ।
शक्तिशाली मुलुकहरुको आफ्नो स्वार्थ केन्द्रमा हुने भएकाले स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट जोगिनुपर्ने नेपालको भनाई थियो । उनले नेपालले पञ्चशीलताको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए।
विश्वका कतिपय राष्ट्रहरुको दृष्टान्त दिँदै उहाँले सरकारले गैरआवासीय नेपालीलाई सम्मान गर्दैे मुलुकको विकासका लागि उनीहरुको साथ र सहयोग लिनुपर्ने बताए।




प्रतिक्रिया