राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारबाही गर्छौँ

राष्ट्रसंघीय फोरममा नेपालको प्रतिबद्धता : अपराधीलाई संरक्षण हुँदैन, कसुरदारलाई कारबाही गर्छौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालले संयुक्त राष्ट्रसंघीय फोरममा अपराधीलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको छ । संयुक्त राष्ट्रसंघको ७६औँ महासभाअन्तर्गत जेनेभामा मानव अधिकारको सम्पूर्ण अवस्थाबारे जानकारी गराउँदै नेपालले कसुरदारलाई संरक्षण नहुने प्रतिबद्धता जनाएको हो ।

नेपालका तर्फबाट प्रतिनिधि अमृत राईले अपराधीलाई संरक्षण नहुने बताए । नेपाल सरकारले कसुरदारलाई कारबाही गर्ने उनको भनाइ थियो ।

‘नेपाल संयुक्त राष्ट्रसंघमा उच्चतम स्तरको आचरण, योग्यता र अखण्डता सुनिश्चित गर्नको लागि राष्ट्रसंघ र सदस्य राष्ट्रहरुसँग सहकार्य गर्न तयार छ,’ राईले भने, ‘अपराधीहरुलाई उनीहरुको अपराधका लागि जिम्मेवार ठहर्‍याइने छ ।’