काठमाण्डु – नेपाल पेमेन्ट सोलुसन्सले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै बैंक अफ काठमाण्डुसँग सहकार्यको लागि सम्झौता गरेको छ ।
नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ सी.एक्स.ओ, सिमन श्रेष्ठ बिजनेश डेभलपमेन्ट मेनेजर, तथा बैंक अफ काठमाण्डुको तर्फबाट अमर राजभन्डारी हेड–कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्स् र डिलन शाक्य, अफिसर– कार्ड एन्ड टेक–बेस्ड सभिस् अपरेसन्सले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
यस सम्झौताअनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले बैंक अफ काठमाण्डुसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, बैंक अफ काठमाण्डुसँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्सकम्पनीहरुमार्फत उपलब्ध गराएको छ ।
नेपाल पेमेन्ट सोलुसन प्रा.लि.एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेषगरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्नेगर्दछ । नेपाल पेमेन्ट सोलुसनले अधिकाशं ‘क’वर्ग, ‘ख’वर्ग र ‘ग’ वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गर्दै आइरहेको छ ।
समग्रमा, नेपाल पेमेन्ट सोलुसन्स् एउटा फिन्टेक क्षेत्रमा नाम बनाईसकेको बलियो कम्पनी हो । जसले ३० भन्दा बढि बैंक, २० भन्दा बढि वालेट तथा १० भन्दा बढि रेमिट्यान्स कम्पनीहरुलाई जोड्दै अघि बढिरहेको छ ।




प्रतिक्रिया