काठमाण्डु – पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण बालबालिकामा बढ्न थालेपछि बाल रोग विशेषज्ञ चिकित्सकहरुको संगठन नेपाल पेडियाट्रिक सोसाइटीले अभिभावकहरुलाई ५ बुँदे अपील जारी गरेको छ ।
सोसाइटीले अतिआवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजान, स्वास्थ्यका मापदण्ड पालनना गर्न, स्वास्थ्य मापदण्ड पुरा हुने भएमा मात्र बालबालिकालाई शिक्षण संस्थामा पठाउन, बच्चाहरुमा कुनै समस्या देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान लगायतका सुझाव दिएको छ ।
यी हुन् सोसाइटीका ५ बुँदे अपील
१ अति आवश्यक काममा बाहेक आफू वा आफ्ना बालबालिकालाई बाहिर वा भिडभाडमा नलैजानुहोस्। केही गरी जान परेमा स्वास्थ्यका मापदण्डहरु अपनाउनुहोस । (मास्क, सामाजिक दुरी, ह्यान्ड सानिटाइजर)
२. अहिले रोग द्रुत गतिमा फैलिरहेको र स्वास्थ्य मन्त्रालय समेत विद्यालय भर्चुअल कक्षा सञ्चालन गर्न अनुरोध गरेकाले स्वास्थ्य मापदण्ड पुरा हुने अवस्था भए मात्र बालबालिकालाई विद्यालय वा कलेज पठाउनुहोस् ।
३. सार्वजनिक वा अन्य साधनबाट यात्रा गर्दा जनस्वास्थ्यका मापदण्ड पुरा गर्नुहोस् ।
४. सरकारी मापदण्ड अनुसार नेपाल सरकारबाट प्राप्त कोभिड–१९ विरुद्धको खोप, साथै अन्य नियमित खोप लगाउनुहोस् । यसले तपाईं र तपाईंको परिवारलाई कोभिडबाट बचाउँछ । याद गर्नुहोस् हाल १८ वर्षमुनिका बालबालिकाहरुलाई कुनै खोप सिफारिस गरिएको छैन ।
५. बालबच्चामा कुनै समस्याहरु देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीहरुबाट सल्लाह लिनुहोस् ।





प्रतिक्रिया