काठमाण्डु – सरकारले भदौ १६ गतेबाट अन्तराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यक मापदण्ड पुर्याएर नियमित रुपमा अन्तराष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको उडान सुचारु गर्ने निर्णय गरेको जानकारी दिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले दैनिक ५०० भन्दा बढी यात्रु नल्याउने कार्यतालिका बनाएको छ ।सरकारले काठमाण्डु ओर्लिएपछि ७ दिन आफ्नै खर्चमा होटलको क्वारेन्टाइनमा बस्नुपर्नेछ ।
मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, युरोप तथा अमेरिकामा रहेका नेपाली नागरिक ल्याउन पाइने भएको छ ।




प्रतिक्रिया