नेपालबाट ३ सय ४ जना यात्रु बोकेर उड्यो कतार एयरवेजको विमान

नेपालबाट ३ सय ४ जना यात्रु बोकेर उड्यो कतार एयरवेजको विमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा अलपत्र परेका विभिन्न देशका नागरिक स्वदेश फिर्ता भएका छन् । नेपालस्थित विभिन्न राजदूतावासले विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नागरिकलाई चार्टर्ड विमानमा स्वदेश फिर्ता पठाएका हुन् ।

उनीहरूलाई फिर्ता लैजान शुक्रबार बिहान कतार एयरवेजको क्युटिआर ७४८२ उडान नम्बरको जहाज दोहाबाट खाली आएको थियो ।

फर्किँदा उक्त जहाजमा ३ सय ४ जना यात्रु रहेका थिए । उक्त जहाजमा फ्रेन्च, जर्मन तथा अन्य युरोपेली मुलुकका नागरिक सवार छन् ।

गत मंगलबारदेखि साताव्यापी लक डाउन सुरू भएपछि विभिन्न स्थानमा रहेका पर्यटक अलपत्र परेका थिए ।