प्रहरी उच्च अधिकृतले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

प्रहरी उच्च अधिकृतले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाल प्रहरीका उच्च अधिकृतहरूले दर्जागत उमेरहदका कारण गरिएको अवकाश रोक्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनवाइ हुँदैछ ।

नेपाल प्रहरीका एआईजी श्याम ज्ञवालीसहित पाँचजना उच्च अधिकृतहरूले उमेरहदका कारण गरिएको अवकास रोक्न रिट निवेदन दायर गरेको र उक्त रिटमाथि आज सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।

उमेर हदअनुसार अनिवार्य अवकाश गर्ने प्रहरीको नीति परिवर्तन गर्न प्रहरीका एआईजी श्याम ज्ञवाली र भीम प्रसाद ढकाल, डीआईजीहरू केदार ढकाल, राजेशनाथ बास्तोला, यज्ञविनोद पोखरेल र इन्स्पेक्टर नागेन्द्र ठाकुर सर्वाेच्च अदालत पुगेका हुन् ।

प्रहरी नियमावली २०७१ मा प्रहरी निरीक्षक ५२ वर्ष तथा डीआईजी र एआईजी ५६ वर्षे उमेर पूरा भएपछि अनिवार्य अवकाशमा जाने प्रावधान छ ।

एआईजी ज्ञवाली ५६ वर्षे उमेर हदका कारण भदौ २५ गते अवकाशमा जाँदैछन् । डीआईजीहरू राजेश बास्तोला, केदार ढकाल र यज्ञ विनोद पोखरेल पनि उमेर हदका कारण अवकाशमा जाने अवस्था आउँदैछ ।

यसअघि एसएसपी जीवनकुमार श्रेष्ठ सहितका प्रहरी अधिकारीहरूले ३० वर्षे सेवा अवधि खारेज गर्न माग गर्दै रिट दायर गरेकोमा अदालतले अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशकाा कारण ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाने अधिकारीहरूको थमौती भएको छ ।