काठमाण्डु- नेपाल प्रहरीमा रिक्त हुने २५ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) का लागि ६० बढी प्रहरी उपरीक्षक (एसपी) प्रतिष्पर्धामा छन् ।
बढुवामा नयाँ टोलीका एसपीहरू समेत शक्तिकेन्द्र धाउन थालेका छन् । एसपीका लागि पाँच टोलीबीच प्रतिस्पर्धा हुने देखिएको छ । फरक–फरक समयमा बढुवा भएका यो ब्याचका ६० भन्दा धेरै एसपीहरू एसएसपी हुन लबिङमा छन् ।
पहिलो लटमा बढुवा हुने रमेश थापा, कृष्ण पंगेनी, नवराज अधिकारी, विमलराज कँडेल, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्याम कुमार महतो, प्रकाश रानाभाट, वीरबहादुर बुढा, अजय केसी र कमल थापा स्वभाविक दाबेदार हुन् । दोस्रो लटमा बढुवा भएका होबिन्द्र बोगटी, प्रभु ढकाल, सन्तोषसिंह राठौर, शिव श्रेष्ठ, दयानिधी ज्ञवाली, शान्तिराज कोइराला, बेद बिष्ट, संजयसिंह थापा, प्रकाश मल्ल, सन्तोष भट्टराई, दीपक पोखरेल, महेन्द्र खड्का, केदार खनाल र दीपेन्द्र शाही पनि बढुवामा पर्न लागि रहेका छन् । २०७७ बैशाखमा बढुवा भएका एसपीहरू तुलबहादुर कार्की, राकेश सिंह, राजीब बस्नेत, राजेन्द्र धमला, ज्ञानेन्द्र फुयाल पनि बढुवाका लागि कम्मर कसेर लागेका छन् । उनीहरू २०७७ को बैशाखमा बढुवा भएका हुन् । उनीहरू पनि त्यही समूहका भए पनि बढुवामा पछि परेका थिए ।
२०७७ माघमा एसपी भएका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे र वीरेन्द्रबहादुर शाही पनि बढुवाका लागि प्रयासरत छन् ।
५ एसएसपीको सरुवा
नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ । सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।
रानिपोखरीका एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा सरुवा गरिएको छ । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा सरुवा गरिएको छ ।




प्रतिक्रिया