काठमाण्डु – नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र थापा बढुवा सिफारिस भएका छन् ।
प्रहरी उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीको अवकाशलगत्तै रिक्त दरबन्दीमा थापा बढुवा सिफारिस भएका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिले गरेको निर्णय अनुसार थापा एसपी बढुवा सिफारिस भएका हुन् । त्यस्तै डीएसपीमा रिक्त एक पदमा बढुवाका लागि इन्स्पेक्टर राजु अधिकारी सिफारिस भएका छन् ।
२०६१ मा इन्स्पेक्टर भर्ना भएका थापा यसअघिका पाँचवटा बढुवामा छुटेका थिए । उनका व्याची सबै एसपी भइसकेका छन् ।






प्रतिक्रिया