नेपाल प्रहरीका १२ एसएसपीहरूको सरुवा (नामसहित)

नेपाल प्रहरीका १२ एसएसपीहरूको सरुवा (नामसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा तथा पदस्थापन गरेको छ । नेपाल प्रहरीले १२ जना एसएसपीहरूलाई नयाँ जिम्मेवारी दिएको हो ।

तुलबहादुर कार्कीलाई गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखामा पदस्थापना गरिएको छ ।

यस्तै राकेश सिंहलाई भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा काज तथा राजिवबहादुर बस्नेतलाई बाँकेस्थित प्रदेश कार्यालयमा सरुवा गरिएको छ । यसैगरी कमल थापालाई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरमा पदस्थापन गरिएको छ ।

यस्तै प्रविण धिताल, प्रकाश रानाभाट, ज्ञानेन्द्र फुयाल, दिपक पोखरेल, दयानिधि ज्ञवाली, केदार खनाललाई पनि सरुवा गरिएको छ । उनीहरूलाई देशका विभिन्न प्रदेश कार्यालय तथा महाशाखाहरूमा खटाइएको हो ।