२० प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह (सूचनासहित)

२० प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका २० जना कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी गर्दै एकजना प्रहरी सहायक निरीक्षक (असई) सहित २० जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेका भन्दै उनीहरूलाई सम्पर्कमा आउन ७ दिनको समय दिएको जनाएको छ ।

गैरहाजिर हुनेमा एकजना असई, एक जना हबलदार, चारजना सहायक हबलदार, दुईजना कार्यालय सहयोगी, एक जना प्राविधि प्रहरुी जवान र बाँकी बाँकी सबै प्रहरी जवान छन्।

लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा उल्लेख छ।