संसद् भवनभित्र ३२ जना मृत भेटिएको भन्ने हल्ला भ्रामक : प्रहरी

संसद् भवनभित्र ३२ जना मृत भेटिएको भन्ने हल्ला भ्रामक : प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुमा जेनजी आन्दोलनका क्रममा संसदभित्र ३२ जना मृत फेला परेको भन्ने समाचार भ्रामक भएको नेपाल प्रहरीले प्रष्ट पारेको छ।

प्रहरीका अनुसार अन्य मुलुकमा घटेका पुराना हिंसात्मक तस्बिरलाई प्रयोग गरी सामाजिक सञ्जालमार्फत गलत प्रचार गरिएको हो।

प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अन्य देशको पुरानो घटनाको तस्बिर प्रयोग गरी ‘३२ जना मृत फेला’ भन्ने गलत समाचार फैलाइएकोप्रति हाम्रो ध्यानाकर्षण भएको छ।”

यस्तै, विषम परिस्थितिलाई भड्काउने, डर र त्रास फैलाउने खालका भ्रामक समाचार नफैलाउन प्रहरीले सबैलाई आग्रह गरेको छ।