प्रहरीले भन्यो- बिल बिनाका सामानहरु किनबेच नगर्नु

प्रहरीले भन्यो- बिल बिनाका सामानहरु किनबेच नगर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीले बिल बिनाका सामानहरु किनबेच नगर्न अनुरोध गरेको छ ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाण्डु जेनजीको आन्दोदनमा लुटपाट भएको सामान हुनसक्ने भन्दै बिल बिजक बिनाका सामानहरु किनबेच नगर्न अनुरोध गरेको हो ।

बिल बिजक बिनाका सामानहरु किनबेच भएमा प्रचलित कानून बमोजिम कारबाही गरिने परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

सूचनामा भनिएको छ ‘२३ र २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले काठमाडौंका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालयहरू, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानहरू लगायत व्यक्तिगत घर र भवनमा समेत आगजनी तोडफोड गर्ने समूहले बहुमूल्य गरगहना, सरसामान (सुन, चाँदी, हिराजवारत) चोरी लुटपाट गरेकाले उक्त आपराधिक समूहले लुटिएका गरगहना विक्री गर्न राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने हुँदा बिल भरपाई बिनाका सुनचाँदीका गरगहना खरीद नगर्न अनुरोध गरिन्छ ।’