जेनजीका गतिविधि बढेपछि काठमाण्डुको सुरक्षा सतर्कता बढाइयो

जेनजीका गतिविधि बढेपछि काठमाण्डुको सुरक्षा सतर्कता बढाइयो

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजीहरुका गतिविधि पुन: बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै जेनजी युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।

काठमाडौंका मुख्य चोक र सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको एक टोली माइतीघर-भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ ।

जेनजी युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । उनीहरुले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेत लगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरुको दबाबपछि प्रधानमन्त्री सुशीला कार्कीले गएराति गृहमन्त्री र गृहसचिवसहित चारवटै सुरक्षाका प्रमुखहरुसँग छलफल समेत गरेकी थिइन् ।

त्यस्तै मंगलबार बिहान नै जेनजी मुभमेन्ट अलायन्सलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र सबै आयुक्तहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन समेत दर्ता गराइसकेका छन् ।