नेपाल प्रहरीका ६६५ निरीक्षकको सरुवा

नेपाल प्रहरीका ६६५ निरीक्षकको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीले ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागले असोज २८ गतेको निर्णयअनुसार उनीहरूलाई नयाँ जिम्मेवारी तोकेको हो।

सरुवा भएका प्रहरी निरीक्षकहरूलाई कार्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी नयाँ कार्यालयमा कामकाज गर्न निर्देशन दिइएको छ।