नेपाल प्रहरीका ४२४ असईको पदस्थापन, जनपदका ९६६ जना हवल्दारमा बढुवा

नेपाल प्रहरीका ४२४ असईको पदस्थापन, जनपदका ९६६ जना हवल्दारमा बढुवा


काठमाण्डु – नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ बढुवा भएका प्रहरी सहायक निरीक्षक (असई)हरूको पदस्थापन गरिएको छ।

यस्तै जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा पनि नेपाल प्रहरीले गरेको छ।

प्रहरी अतिरिक्त महानिरीक्षकको बिहीबारको निर्णयअनुसार प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका ४२४ जना प्रहरी सहायक निरीक्षकहरूलाई हालको दरबन्दीबाट तलब, भत्ता तथा राशनसहित पदस्थापन गरिएको हो।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूची प्रहरीको आधिकारिक वेबसाइटमा हेर्न सकिन्छ।

हवल्दारमा बढुवा

नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फको प्रहरी हवल्दार पदमा ठुलो संख्यामा बढुवा गरेको छ।

प्रहरी प्रधानकार्यालयका अनुसार ९६६ लाई हवल्दारमा बढुवा गर्न नाम सिफारिस गरिएको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले प्रहरी सहायक हवल्दारहरूलाई हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो।